एजेन्सी । इंग्लिस क्लब लिभरपुलका युवा फरवार्ड हार्भे इलियटले क्लबसँग नयाँ सम्झौता गरेको छ ।
इंग्ल्यान्डका युवा फरवार्डले लिभरपुलसँग पाँच वर्षको नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौतासँगै इलियट २०२६ सम्म लिभरपुलमा रहने छन् ।
१८ वर्षीय फरवार्ड २०१९ मा फुलहमबाट लिभरपुल आएका थिए । उनले लिभरपुलका लागि ९ खेल खेकिसकेका छन् ।
गत सिजन उनले च्याम्पियनसिप क्लब ब्लाकबर्न रोभर्सबाट लोनमा खेलेका थिए ।
रोभर्सका लागि उनले ४१ खेलमा ७ गोल र ११ असिस्ट गरेका थिए ।
