एजेन्सी । इटालियन क्लब एसी मिलानका डिफेन्डर डाभिडे कलाब्रियाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
इटालियन डिफेन्डरले शुक्रबार क्लबसँगको सम्झौतामा नवीकरण गरेका हुन् ।
क्लबसँगको सम्झौता नसकिदै उनले नवीकरण गरेका हुन् ।
सम्झौता नवीकरणसँगै कलाब्रिया सन् २०२५ को जुन ३० सम्म मिलानमा रहने छन् ।
२४ वर्षीय डिफेन्डरले सन् २०१५ मा मिलानको सिनियर टिममा डेब्यु गरेका थिए ।
त्यसअघि कलाब्रिया मिलानको एकेडेमीमा रहेका थिए ।
कलाब्रियाले मिलानका लागि १ सय ५१ खेलमा ५ गोल गरेका छन् ।
गत सिजन उनले सिरी ए मा ३२ खेल खेल्दै २ गोल गरेका थिए ।
