एजेन्स । इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले युवा मिडफिल्डर माइकल ओलीसलाई अनुबन्ध गरेको छ ।
क्रिस्टलले च्याम्पियनसिप क्लब रिडीङबाट माइकललाई ८ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
अट्याकीङ मिडफिल्डर माइकलले क्रिस्टलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
१९ वर्षीय माइकलले गत सिजन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
फ्रान्सका युवा खेलाडी माइकलले गत सिजन ४४ खेलमा ७ गोल गरेका थिए ।
माइकल चेल्सी र म्यान्चेस्टर सिटीको एकेडेमी हुँदै २०१६ मा रिडीङ आएका थिए ।
उनले फ्रान्सको यू-१८ टोलीबाट खेलिसकेका छन् ।
