एजेन्सी । इटालियन क्लब एसी मिलानले मिडफिल्डर सान्ड्रो टोनाली लाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
सिरी ए क्लब मिलानले मिडफिल्डर सान्ड्रोलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ ।
इटालियन मिडफिल्डरलाई मिलानले ब्रेसियाबाट अनुबन्ध गरेको हो ।
सान्ड्रोले मिलानसँग पाँच वर्षको सम्झौता गरेका छन् । अब उनी सन् २०२६ को जुन ३० सम्म मिलानमा रहने छन् ।
२१ वर्षीय मिडफिल्डर गत सिजन लोनमा मिलान आएका थिए ।
गत सिजन उनले मिलानका लागि ३७ खेल खेलेका थिए ।
