एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका मुख्य प्रशिक्षक डिएगो सिमिओनले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
अर्जेन्टिनी प्रशिक्षक डिएगोले बिहीबार क्लबसँग नवीकरण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
डिएगोले थप तीन वर्ष क्लबमा बस्ने गरि सम्झौता गरेका छन् ।
सम्झौतासँगै डिएगो २०२४ को जुन ३० सम्म एट्लेटिकोमा रहने छन् ।
५१ वर्षीय डिएगो सन् २०११ देखि लगातार एट्लेटिकोको मुख्य प्रशिक्षक रहेका छन् ।

डिएगोले गत सिजन एट्लेटिकोलाई ला लिगाको उपाधि दिलाएका थिए ।
डिएगोको नेतृत्वमा एट्लेटिकोले ८ उपाधि जितेको छ ।
अर्जेन्टिनाका पूर्व मिडफिल्डर डिएगो एट्लेटिकोका सर्वाधिक धेरै उपाधि जित्ने प्रशिक्षक हुन् ।
यस्तै उनी क्लबका लागि सर्वाधिक धेरै ३ सय १६ खेल जित्ने प्रशिक्षक हुन् ।
