एजेन्सी । इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले युरोकपको फाइनलमा प्रतिद्धन्दी इटालीले कडा चुनौती दिने बताएका छन् ।
पहिलो पटक युरोकपको फाइनल पुगेको इंग्ल्यान्ड टिमका प्रशिक्षक साउथगेटले आईतबारको युरोपियन कपको फाइनल खेलमा इटालीले धेरै बाधा पुर्याउने बताए ।
ऐतिहासिक रुपमा फाइनल पुगेपछि इंग्ल्यान्डका खेलाडीले बुधबार राति समर्थकसँग खुसीयाली मनाएका थिए ।
दोस्रो सेमिफाइनलको खेल सकिए लगत्तै उनीहरुले समर्थकसँग विजय उत्सवको गीत गाएका थिए ।

‘हामीले यस तथ्यलाई लिएर आनन्द लिनपर्छ कि हामी फाइनलमा पुगेका छौं । तर जितका लागि एउटा ठुलो चुनौती अझै बाँकी छ ।’ साउथगेटले भनेका छन् ।
‘इटाली धेरै राम्रो प्रतिद्धन्दी हो । केही वर्षयता उनीहरु निकै उत्कृष्ट लयमा छन् । उनीहरुसंग निकै राम्रा डिफेन्डर छन् । जसले सबै समयबाट गुज्रिएका छन् । यो निकै शानदार खेल हुनेछ ।’ उनले भने ।
‘फाइनल जित्नका लागि हो । हामी पुन संगठित हुनेछौं । र ठिकसंग तयारी गर्नेछौं । हामीले शारीरिक र मानसिक रुपमा धेरै चिज प्राप्त गरेका छौं । इटालीले समेत यस्तै गरेको थियो । तर उनीहरुले थप एक अतिरिक्त समय प्राप्त गरेका छन् ।’ साउथगेटले थपे ।
ह्यारी केनले अतिरिक्त समयमा गोल गरेपछि इंग्ल्यान्डले खेल २–१ ले जितेको थियो । इंग्ल्यान्डले जितका लागि अतिरिक्त समय खेलेको थियो ।
साउथगेटले भने, ‘म मेरा खेलाडीसंग निकै गर्व गर्छु । यसको हिस्सा बन्ने एक अविश्वसनीय अवसर छ । प्रशंसकहरु पुरै रात अविश्वसनीय थिए । हामीलाई थाहा छ सहज हुनेछैन । हामीले खेलाडीलाई भनेका छौं, हामी लचिलोपन देखाउन आवश्यक छ । असफलतापछि फर्किएर आएर हामीले गरेर देखाएका छौं ।’

साउथगेट सन् १९९६ को युरो सेमिफाइनलमा पराजित भएका थिए । उनी तीन वर्षअघि रसिया वर्ल्डकपमा टिमको प्रशिक्षक बनेका थिए ।
‘मस्कोमा हामीलाई यस्तै रातको सामना गर्नुपरेको थियो । र हामी यसलाई सही गर्नका लागि सक्षम रह्यौं ।’ उनले भने ।
‘मलाई लागेको थियो । हामी त्यहाँ पुग्नेछौं । तर मलाई थाहा थियो, हामी बीच एक अलग किसिमको लडाँई हुनेछ । डेनमार्कको एक टिमको रुपमा धेरै कम आँकिएको थियो । र उसले हामीलाई धेरै दुख दिएको छ ।’ साउथगेटले भने ।