कोलारोभद्वारा सम्झौता नवीकरण
बुधबार, २३ असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका डिफेन्डर एलेक्सान्डर कोलारोभले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
सिरी 'ए' च्याम्पियन इन्टरले कोलारोभले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
सर्बियन डिफेन्डर सन् २०२२ को जुन ३० सम्म इन्टरमा रहने छन् ।
३५ वर्षीय डिफेन्डर गत वर्ष रोमाबाट इन्टर आएका थिए ।
इन्टरले सिरी 'ए' को उपाधि जित्दा उनले ७ खेल खेलेका थिए ।
म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर समेत रहेका कोलारोभ सर्बियाका पूर्व कप्तान समेत हुन् ।
कोलारोभले सर्बियाका लागि ९४ खेलमा ११ गोल गरेका छन् ।






-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)




