एजेन्सी । स्पेनका प्रशिक्षक लुईस एनरिकेले युरोकपको सेमिफाईनलको खेल गुमाएपनि आफु दुखी नरहेको प्रतिक्रिया दिएका छन् ।
उनले युरो २०२० खेल्ने स्पेनको टिमसंग आफ्नो कुनै गुनासो नरहेको बताए ।
स्पेन युरोकपको दोस्रो सेमिफाईनलमा पेनाल्टी सुटआउटमा ईटालीसंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

उनले वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अल्भारो मोराटाको योगदानको समेत प्रशंसा गरे ।
प्रतियोगितामा एउटै लय देखाउन नसकेका मोराटा टाइब्रेकरमा गोल गर्न चुकेका थिए । तर वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेर उनले स्पेनलाई खेलमा फर्काएका थिए । उनकै गोलमा स्पेनले खेल अतिरिक्त समयमा धकेलेको थियो ।
निर्णायक पेनाल्टी सुटआउटमा मोराटा चुक्न पुगे । खेल इटालीले ४–२ ले जित्न सफल रह्यो । तर खेलपछि पनि प्रशिक्षक एनरिकेले मोराटालाई समर्थन गरे ।
स्पेनिस प्रशिक्षकले भने, ‘उनलाई अपहरणको मुद्धा थियो । यसले उनको व्यक्तित्वको विषयमा धेरै कुरा बोल्छ । यसका बाबजुत उनी पेनाल्टी प्रहार गर्न चाहन्थे ।’

‘उनी प्रतियोगिताको दौरान केही कठिन अवस्थाबाट गुज्रिए । तर उनी शानदार थिए । उनले धेरै अनिश्चितता पैदा गरे । तर उनले गोल गरे । उनी उत्कृष्ट थिए । मैले उनलाई देख्न पाईन् । किनकी उनी डोपिङ्ग नियन्त्रणमा गएका थिए । तर उनलाई गएर हेर्नेछु ।’ उनले भने ।
‘यो मेरा लागि दुखको रात हुनेछैन । कसैका लागि पनि । पक्कैपनि यो दुखद छ । तर यो फुटबल हो । तिमी जित्न र हार्न सक्छौं । हामी क्वार्टरफाईनलमा पेनाल्टी सुटआउटमा भाग्यमानी रह्यौं । तर हामीले प्रतिद्धन्दीलाई धन्यवाद दिनपर्छ ।’ एनरिकेले भने ।
‘मैले सुरुवातमा भनेका थिए । हामी ती ८ मध्य एक टिम हौं । जसले प्रतियोगिता जित्न सक्छौं । म त्यसमा गल्ती थिएन । हामी यो जानेर घर जानेछौं, हाम्रो प्रतिद्धन्दी प्रतियोगिताको सर्वश्रेष्ठ मध्यको एक टिम थियो ।’ उनले थपे ।