एजेन्सी । युरोकप फुटबलको पहिलो सेमिफाइनलमा अहिले इटाली र स्पेनबीच प्रतिस्पर्धा भईरहेको छ ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इटाली र स्पेनले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले गोलको अवसरलाई खेर फालेका थिए । बलमा पकड जमाएको स्पेनले पटक पटकको मौकालाई सदुपयोग गर्न सकेन । काउन्टर अट्याकमा जोड दिएको इटालीले केहि गोलको मौका गुमाएको थियो ।

आज इटाली र स्पेन फाइनल पुग्ने लक्ष्यमा रहेका छन् । यस खेलको विजेताले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।
इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।
तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
