एजेन्सी । मोरक्कोका फुलब्याक आच्रफ हाकिमी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् ।
पीएसजीले मंगलबार हाकिमीलाई अनुबन्धित गरिएको जनाएको छ ।
पीएसजीले इटालियन क्लब इन्टर मिलानबाट हाकिमीलाई अनुबन्ध गरेको हो ।
हाकिमीले पीएसजीसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
२२ वर्षीय हाकिमी इन्टरमा एक सिजन बसेर पीएसजी आएका हुन् ।
उनी २०२० मा रियल मड्रिडबाट इन्टरमा अनुबन्धित भएका थिए ।
हाकिमीले गत सिजन सिरी 'ए' मा ३७ खेल खेल्दै ७ गोल र ८ असिस्ट गरेका थिए ।
गत सिजन इन्टरले सिरी 'ए' को उपाधि जितेको थियो ।
