एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमका स्ट्राइकर ह्यारी केनले नवनियुक्त मुख्य प्रशिक्षक नुनो सान्टो महान प्रशिक्षक भएको बताएका छन् ।
इंग्ल्यान्डको युरोकप टिममा रहेका केनले टल्कस्पोर्ट्ससँग कुरा गर्दै नुनो महान प्रशिक्षक भएको बताएका हुन् ।
'उहाँ महान प्रशिक्षक हुन । उनले उल्भ्समा महान काम गरेका छन्,' केनले मुख्य प्रशिक्षकबारे भने ।
केनले आफु अहिले इंग्ल्यान्डको टिममा केन्द्रित भएको कारण मुख्य प्रशिक्षकसँग कुरा नभएको समेत बताए ।
'म अहिले त्यहाँ छैन त्यसैले कुरा भएको छैन । म इंग्ल्यान्डसँग छु । मेरो ध्यान यता केन्द्रित छ,' उनले भने ।
टोटेनहमले गत हप्ता पोर्चुगिज प्रशिक्षक नुनोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
उल्भ्सका पूर्व प्रशिक्षक नुनोले टोटेनहमसँग दुई वर्षको सम्झौता गरेका छन् ।
जोसे मोरिन्हो बर्खास्त गरेपछि टोटेनहमको टिम रायन मासनले सम्हाल्दै आएका थिए ।
नुनोले गत सिजनको अन्त्यसँगै उल्भ्स छाडेका थिए ।