एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनका स्ट्राइकर डानी इन्ग्सले सम्झौता नवीकरण गर्न अस्विकार गरेका छन् ।
साउथह्याम्पटनले नवीकरणको लागि गरेको प्रस्ताव इन्ग्सले अस्विकार गरेको बीबीसीले जनाएको छ ।
२८ वर्षीय फरवार्डसँग चार वर्षे नयाँ सम्झौताको लागि क्लबले प्रस्ताव गरेको थियो । तर, उनले क्लबको प्रस्ताव स्वीकार नगरेको बताईएको छ ।
इंग्ल्यान्डका फरवार्डको साउथह्याम्पटनसँगको सम्झौता अर्को वर्ष सकिदैछ ।
इन्ग्स सन् २०१८ मा लिभरपुलबाट साउथह्याम्पटन आएका थिए ।
गत सिजन इन्ग्सले प्रिमियर लिगको २९ खेलमा १२ गोल गरेका थिए ।