एजेन्सी। स्पेनिस क्लब बार्सिलोनाले मिडफिल्डर मिरालिम पियानेच र डिफेन्डर स्यामुएल उम्टिटीलाई रिलिज गर्ने भएको छ ।
बार्सिलोनाले पियानेच र उम्टिटीलाई रिलिजका लागि प्रस्ताव गरेको गोल डटकमले जनाएको छ ।
तर, दुबै खेलाडीले रिलिजको प्रस्ताव अस्विकार गरेको बताईएको छ । बार्सिलोनासँग पियानेचको सम्झौता अझै ३ र उम्टिटीको २ वर्ष बाँकी रहेको छ ।
क्लबको आर्थिक भार कम गर्न बार्सिलोनाले दुबै खेलाडीलाई रिलिज गर्न लागेको बताईएको छ ।
गत सिजन दुबै खेलाडीले १३/१३ खेल खेलेका थिए । र, मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा दुबै खेलाडी नपरेको समेत बताईएको छ ।
बोस्नियाका पियानेच गत सिजन युभेन्ट्सबाट बार्सिलोना आएका थिए ।
फ्रान्सका डिफेन्डर उम्टिटी २०१६ मा बार्सिलोना आएका थिए ।