एजेन्सी । इंग्लिस क्लब क्रिस्टल प्यालेसले फ्रान्सेली प्रशिक्षक प्याट्रिक भिएरालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
क्रिस्टलले आइतबार प्याट्रिकलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
प्याट्रिकले क्रिस्टलसँग तीन वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै उनी २०२३ सम्म क्रिस्टलमा रहने छन् ।
४५ वर्षीय प्याट्रिक गत डिसेम्बरमा फ्रेन्च क्लब निसबाट बर्खास्तमा परेका थिए ।
फ्रान्सका पूर्व मिडफिल्डर समेत रहेका प्याट्रिक मुख्य प्रशिक्षक बनेको साढे दुई वर्षपछि बर्खास्तमा परेका थिए ।
फ्रान्सले सन् १९९८ मा विश्वकप जित्दा प्याट्रिक टिममा रहेका थिए ।
उनले क्लब फुटबलमा आर्सनल, म्यानचेस्टर सिटी,इन्टर मिलान र युभेन्ट्स लगायतका क्लबबाट खेलेका थिए ।
