बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मोटो रकममा कमल च्यासलमा

आइतबार, २० असार २०७८नमीन ढकाल
मोटो रकममा कमल च्यासलमा

कमल श्रेष्ठ । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । डिफेन्डर कमल श्रेष्ठ मोटो रकममा ए डिभिजन क्लब च्यासल युथ (सीवाईसी)मा आबद्ध भएका छन् ।

मासिक १ लाख २५ हजार रुपैयाँ पाउने गरि श्रेष्ठ च्यासलमा अनुबन्ध भएका हुन् ।

मनाङ मर्स्याङ्दी क्लबले कीर्तिमानी आठौं पटक ए डिभिजन लिगको उपाधि जित्दा कमल टिमका सदस्य थिए । 

मनाङका अधिकांश खेलाडी मछिन्द्रमा आबद्ध भएपछि मनाङले कमललाई टिमको कप्तानको जिम्मवारी दिएको थियो ।

राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका कमललाई च्यासलले असोज ३ गतेबाट सुरु हुने लिगका लागि अनुबन्ध गरेको हो ।

‘क्लबबाट राम्रो प्रस्ताव आयो । यस सिजन च्यासलबाट खेल्नेछु ।’ गत सिजन मनाङको कप्तानी गरेका कमलले खेलपाटीसँग भने ।

गत सिजन शीर्ष ६ भित्र पर्न असफल च्यासल यस सिजन लिगमा राम्रो छाप छाड्ने योजनामा छ । सोहि अनुरुप च्यासलले ठुला नाम चलेका अनुभवी खेलाडी अनुबन्धको प्रयास थालेको छ ।

गत सिजन च्यासल नवौं स्थानमा रहेको थियो । च्यासलले ३ जापानी खेलाडीलाई ए डिभिजन खेलाएको थियो । तरपनि च्यासलले लिगमा खासै प्रभाव जमाउन सकेन ।
करिब ५ बर्ष मनाङ खेलेर ललितपुरे क्लब पुगेका कमलले पहिलो पटक च्यासलको जर्सी लगाएर ए डिभिजन लिग खेल्न लागेका हुन् । यसअघि उनले च्यासलबाट सी डिभिजन लिग खेलेका थिए ।

‘च्यासल क्लबसँग राम्रो योजना छ । खेलाडीलाई खेल्ने वातावरण छ । अब होम ग्राउन्डसंगै दैनिक अभ्यासका लागि मैदान समेत छ । क्लबले इच्छा देखाएपछि अनुबन्ध हुने निर्णय लिए ।’ कमलले भने ।

नेपालले बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप, १२ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक जित्दा कमल राष्ट्रिय टिमका महत्वपुर्ण सदस्य थिए ।

यसअघि ब्वाईज युनियन क्लबबाट एक सिजन खेल्दै ए डिभिजन यात्रा तय गरेका कमलले त्यसपछि ५ बर्ष मनाङ मस्र्याङ्दी क्लबबाट खेलेका हुन् ।

यस अवधिमा उनले मनाङबाट ए डिभिजन लिग सहित मोफसल र सिक्किममा आयोजना हुने गभर्नस गोल्डकप लगायत धेरै प्रतियोगिताको उपाधि हात पारेका थिए ।

लिग च्याम्पियनको हैसियतले मनाङ एएफसी कप च्याम्पियनसिपको समूह चरणमा खेल्दा कमल समेत टोलीका सदस्य थिए ।

कमलले जेठ १ गते समाप्त भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिगमा भाटभटेनी सुपर मार्केटको स्वामित्वमा रहेको ललितपुर सिटी एफसीको प्रतिनिधित्व गरेका थिए ।

गोलप्रथाबाट ललितपुर पुगेका कमलको १ लाख २० हजार भाउ रहेको थियो । प्रतियोगितामा पुरा ८ खेल खेलमा ६ सय ४९ मिनेट खेलेका कमलले चितवनविरुद्ध १ गोल समेत गरेका थिए ।

कमल पछिल्लो समय भने राष्ट्रिय टिम बाहिर रहँदै आएका छन् । कमलले सन् २०१६ जनवरी १९ मा माल्दिभ्सविरुद्ध डेब्यु गरेका थिए । ढाकामा भएको बंगबन्धु गोल्डकपको उपाधि नेपालले जितेको थियो ।

एन्फा एकेडेमी बाहिरका कमलले यू–१९ टोलीबाट साफ च्याम्पियनसिप उपाधि हात पारेका थिए । यस्तै उनले नेपालको यू–२१ र २३ टोलीबाट समेत खेलेका छन् ।

सर्लाहीमा जन्मिएका कमल हाल काठमाडौं मध्यबिन्दु थापाथलीमा स्थायी रुपमै बस्दै आएका छन् । च्यासल क्लब उनकै घर छेउमा छ । घर नजिकैको क्लबलाई उनी पहिलो लिग उपाधि दिलाउन चाहन्छन् ।

‘च्यासलमा पनि मनाङझै उपाधि दिलाउनु उद्धेश्य हुनेछ । क्लबलाई उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेल्न चाहन्छु ।’ २४ बर्षीय कमलले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित