एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
शनिबार बिहान अर्जेन्टिना र इक्वेडरबीचको क्वाटरफाइनल खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो ।
यस संकरणमा अर्जेन्टिना, साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन् ।
अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
अब सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ ।
कोलम्बियाले क्वाटरफाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको हो ।
ब्राजिलले सेमिफाइनलमा पेरुसँग प्रतिस्पर्धा गर्नेछ ।
ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई १-० ले हराएको हो । पेरुले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको थियो ।
सेमिफाइनल तालिका :
मंगलबार बिहान ४:४५ बजे - ब्राजिल विरुद्ध पेरु
बुधबार बिहान ६:४५ बजे - अर्जेन्टिना विरुद्ध कोलम्बिया