एजेन्सी । कोपा अमेरिका फुटबलमा कोलम्बियाले उरुग्वेलाई हराएको छ ।
आईतबार बिहान कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
जसमा कोलम्बियाले ४–२ ले विजयी रह्यो ।
उरुग्वेका जोसे जिमिनेज र मार्टिया भिना गोल गर्न असफल रहे । इडेन्सन काभानी र लुईस स्वारेजले गोल गरेका थिए ।
डेविड ओस्पिनाले दुई महत्वपुर्ण पेनाल्टी प्रहार रोक्दै उरुग्वेलाई स्तब्ध बनाएका थिए ।
कोलम्बियाले फाईनल प्रवेशका लागि अर्जेन्टिना र इक्वेडरबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।