एजेन्सी । प्रिमियर लिग क्लब लिड्स युनाईटेडले विंगर ज्याक ह्यारिसनलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
लिड्सले ह्यारिसनलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ ।
इंग्लिस विंगर ह्यारिसनलाई लिड्सले म्यानचेस्टर सिटीबाट अनुबन्ध गरेको हो ।
अट्याकिङ मिडफिल्डर ह्यारिसनले लिड्ससँग तीन वर्षको सम्झौता गरेका छन् ।
२४ वर्षीय ह्यारिसन २०१८ मा लोनमा लिड्स आएका थिए ।
उनले लिड्सका लागि १ सय २८ खेल खेलेका छन् ।
ह्यारिसनले गत सिजन ३६ लिग खेलमा ८ गोल गरेका थिए ।
