एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको पहिलो क्वाटरफाइनलमा अहिले स्विट्जरल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा भईरहेको छ ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी स्विट्जरल्यान्ड र स्पेनबीचको खेल अतिरिक्त समयमा गएको छ । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।
स्पेनले खेलको आठौं मिनेटमा आत्मघाती गोल उपहारबाट अग्रता बनाएको थियो । स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे ।
स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

तर, खेलको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १-१ गोलको बराबरीमा फर्काए । उनले रिमो फ्रिउलरको पासमा गोल गरे ।
खेलको ७८ औं मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो । उसका फ्रिउलर रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए । स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।
आज दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेका छन् ।
