एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर हुवान माटाले क्लबसँगको सम्झौतामा नवीकरण गरेका छन् ।
युनाईटेडले शुक्रबार स्पेनिस मिडफिल्डरले सम्झौता नवीकरण गरेको जनाएको छ ।
माटाले क्लबमा एक वर्ष रहने गरि सम्झौता नवीकरण गरेका हुन् ।
सम्झौता नवीकरणसँगै माटा २०२२ को जुन सम्म क्लबमा रहने छन् ।
३३ वर्षीय माटा सन् २०१४ मा चेल्सीबाट युनाईटेड आएका थिए ।
माटाले युनाईटेडका लागि २ सय ७३ खेलमा ५१ गोल गरेका छन् ।
माटाले युनाईटेडबाट एफए कप, लिग कप, कम्युनिटी शिल्ड र युरोपा लिग जितिसकेका छन् ।
विश्वकप विजेता टोलीका सदस्य माटाले स्पेनका लागि ४१ खेलमा १० गोल गरेका छन् ।