एजेन्सी । चेल्सीका मिडफिल्डर बिली गिल्मोर नर्विच सिटीमा अनुबन्धित भएका छन् ।
स्कटल्याण्डका मिडफिल्डर बिली एक सिजनका लागि लोनमा नर्विच पुगेका हुन् ।
प्रिमियर लिगमा बढुवा भएको नर्विचले शुक्रबार लोनमा अनुबन्ध गरिएको जनाएको छ ।
२० वर्षीय मिडफिल्डरले गत सिजन चेल्सीका लागि ११ खेल खेलेका थिए ।
बिली युरोकप खेलेको स्कटल्याण्डको टिममा रहेका थिए । उनले समूह चरणमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।
रेन्जर्सको एकेडेमीमा हुर्किएका उनी २०१७ मा चेल्सीको एकेडेमी आएका थिए ।
बिलीले २०१९ मा चेल्सीको सिनियर टोलीमा स्थान बनाएका थिए ।