एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले गोलकिपर टम हिटनलाई अनुबन्धित गरेको छ ।
युनाईटेडले शुक्रबार ३५ वर्षीय गोलकिपर टमलाई अनुबन्धित गरिएको जनाएको छ ।
इंग्ल्यान्डका गोलकिपर टमले युनाईटेडसँग सन् २०२३ को जुनसम्मको सम्झौता गरेका छन् ।
उनलाई थप एक वर्ष सम्झौता बढाउन पाउने बिकल्प समेत दिईएको छ ।
युनाईटेडले टमलाई एस्टन भिल्लाबाट अनुबन्ध गरेको हो ।
युनाईटेडको एकेडेमीमा हुर्किएका टम २०१० मा कार्डिफ सिटी गएका थिए ।
युनाईटेडमा १३ वर्ष बिताएका उनले सिनियर टोलीमा भने डेब्यु गरेका थिएनन् ।
त्यसपछि बर्नली, एस्टन भिल्ला हुँदै उनी पुन: युनाईटेड फर्किएका हुन् ।
इंग्ल्यान्डका लागि उनले ६ खेल खेलेका छन् ।