एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाईटेडका मिडफिल्डर स्टुअर्ट डलासले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
लिड्सले शुक्रबार नर्दन आयरल्याण्डका मिडफिल्डर डालसले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
डालसले लिड्ससँग तीन वर्षको सम्झौता नवीकरण गरेका हुन् । अब उनी सन् २०२४ सम्म लिड्समा रहने छन् ।
३० वर्षीय डालस सन् २०१५ मा लिड्स आएका थिए । लिड्सलाई प्रिमियर लिगमा बढुवा गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
डालसले गत सिजन प्रिमियर लिगको ३८ खेलमा ८ गोल गरेका थिए ।
लिड्सका लागि डालसले कुल २ सय २९ खेल खेलेका छन् ।
नर्दन आयरल्याण्डका लागि उनले ५६ खेलमा ३ गोल गरेका छन् ।
