बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्पेनविरुद्ध स्विट्जरल्यान्ड : प्लेयर्स टु वाच  

शुक्रबार, १८ असार २०७८खेलपाटी संवाददाता
स्पेनविरुद्ध स्विट्जरल्यान्ड : प्लेयर्स टु वाच  
Loading ad...
mustang rice ad

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको पहिलो क्वाटरफाइनलमा आज (शुक्रबार) राति स्विट्जरल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।

स्विट्जरल्यान्ड र स्पेनबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

पहिलो क्वाटरफाइनलमा मैदान उत्रदा दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छन् ।

स्वीजरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रि-क्वाटरफाइनलमा स्विट्जरल्यान्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गरेको थियो ।

तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो । प्रि-क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित थियो ।

स्विट्जरल्यान्ड र स्पेनबीच युरोपियन च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । विश्वकपमा भने दुई टिमबीच तीन पटक खेलेका छन् । जसमा स्पेनले दुई जित निकाल्दा एक जित स्विट्जरल्यान्डको पक्षमा गएको छ ।

दुई टिमबीच अहिलेसम्म २२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १६ खेल जितेको छ । पाँच खेल बराबरीमा सकिदा एक खेल स्विट्जरल्यान्डले जितेको छ ।

प्लेयर्स टु वाच :

अल्भारो मोराटा – स्पेन

स्पेनका प्रभावशाली स्ट्राइकर अल्भारो मोराटा इटालियन सिरी 'ए' क्लब युभेन्ट्सबाट खेल्ने गर्छन् । स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट उनी युभेन्ट्स पुगेका हुन्  । उनले गत सिजन क्लबका लागि ३२ खेलमा ११ गोल गरेका थिए।

स्विट्जरल्यान्डविरुद्ध मोरोटा स्पेनका मुख्य खेलाडी हुनेछन् । २८ वर्षीय स्ट्राइकर मोरोटाले जारी युरोको ४ खेलमा २ गोल गरिसकेका छन् । त्यसैले उनले स्विस टोलीको डिफेन्स लाइनलाई निकै व्यस्त बनाउने अनुमान गरिएको छ ।

उनीसँग स्पेनको यू–१७, १८, १९ र २१ टोलीबाट खेलेको अनुभव रहेको छ । उनले सिनियर टोलीबाट ४४  खेलमा २१ गोल गरेका छन् ।

मोराटासँग रियल मड्रिड, चेल्सी, एट्लेटिकोबाट खेलेको अनुभव रहेको छ । उनले बेलारुससँगको खेलसँगै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । पेनाल्टी प्रहार गर्न सफल, प्राबिधिक तथा शारीरिक रुपमा बलिया मोराटा पाएका अवसर सदुपयोग गर्न, सेट पिसमा हेडिङ प्रहार गर्न सफल मानिन्छन् ।

जद्रान शाकिरी - स्विट्जरल्यान्ड

२९ वर्षीय शाकिरीले समूह चरण र प्रि क्वाटरफाइनलमा आफु उत्कृष्ट लयमा रहेको प्रमाणित गरिसकेका छन् । उनले ४ खेलमा २ गोल गरेका छन् ।  

त्यसैले बलियो स्पेनविरुद्ध मैदान उत्रदा स्विट्जरल्यान्डले शाकिरीलाई अघि सार्ने छ । मिडफिल्डर शाकिरी विंगरमा समेत खेल्न सक्छन् ।

शाकिरी आफ्नो टिममेटलाई बल उपलब्ध गराउन र गोल गर्न माहिर छन् । त्यसैले स्पेनिस टोलीको डिफेन्सलाई उनले व्यस्त बनाउने छन् ।

इंग्लिस क्लब लिभरपुलबाट क्लब फुटबल खेलिरहेका शाकिरीले स्विट्जरल्यान्डबाट ९५ खेलमा २५ गोल गरिसकेका छन् । उनले उमेर समूहको टिमबाट समेत खेलिसकेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट