ब्याट्सम्यान टम इंग्ल्यान्डको टिममा सामेल
बिहिबार, असार १७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डले ब्याट्सम्यान टम बान्टनलाई एकदिवसीय टोलीमा सामेल गरेको छ ।
इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तेस्रो एकदिवसीय खेलका लागि ब्याट्सम्यान टमलाई टिममा सामेल गरेको हो ।
इंग्ल्यान्ड क्रिकेटले बिहीबार तेस्रो तथा अन्तिम खेलका लागि टमलाई टोलीका बोलाईएको जनाएको छ ।
टप अर्डरका ब्याट्सम्यान टमलाई डाविड मालनको स्थानमा टिममा राखिएको हो । मालनले व्यक्तिगत कारण देखाएर तेस्रो खेल नखेल्ने बताईसकेका छन् ।
इंग्ल्यान्ड र श्रीलंकाबीचको तेस्रो एकदिवसीय ब्रिस्टोलमा जुलाई ४ मा हुनेछ ।
यस्तै इंग्ल्यान्ड र श्रीलंकाबीचको दोस्रो खेल आज हुँदैछ ।
तीन खेलको सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ ।













-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)