• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘ग्रुप अफ डेथ’ को मरण
खेलपाटी संवाददाता
बिहीबार, असार १७, २०७८ खेलपाटी संवाददाता
‘ग्रुप अफ डेथ’ को मरण

एजेन्सी । युरो २०२० मा फुटबलका महाशक्ति राष्ट्र फ्रान्स, जर्मनी र पोर्चुगलले अन्तिम ८ मा स्थान बनाउन सकेनन् । वास्तवमा जसका धेरै फुटबल समर्थक छन् ।

युरो २०२० को नतिजाले धेरैलाई आश्चर्यमा पारेको छ । जसमा तीन शीर्ष टिम पोर्चुगल, फ्रान्स र जर्मनी क्वार्टरफाईनल पुग्नबाटै असफल रहे ।

प्रतियोगिता अघि । जो जुन ११ बाट सुरु भएको थियो । यि टिमलाई प्रतियोगिताको मुख्य दाबेदार मानिएको थियो । तर तीनै टिम एकै समूहमा परे । त्यसैले यस समूहलाई ‘ग्रुप अफ डेथ’ भनियो ।

फ्रान्सले पछिल्लो पटक विश्वकप जितेको थियो । पोर्चुगल युरोकपको साविक विजेता थियो । जर्मनी ठुला प्रतियोगितामा सधै दाबेदार हुने गर्दछ । उसले पटक पटक आफुलाई प्रमाणित समेत गरेको छ ।

तर फ्रान्स, जर्मनी र पोर्चुगल ‘ग्रुप अफ डेथ’बाट अन्तिम १६ मा स्थान बनाए ।

अहिले ‘ग्रुप अफ डेथ’ साच्चिकै मरेको अवस्था छ । धेरै सुपरस्टार खेलाडीले घरमै बसेर युरो कपको बाँकी खेल हेर्नेछन् ।

युरो कपमा तीन टिमको प्रर्दशन निम्न प्रकारको रह्यो ।

पोर्चुगल :

बेल्जियमले साविक विजेता पोर्चुगललाई अन्तिम १६ को खेलमा १–० ले हरायो । खेलले क्रिस्टियानो रोनाल्डो र पोर्चुगल टिमको युरोकपको उपाधि यात्रा समाप्त पार्यो । पाँच वर्ष अघि यही पोर्चुगलले पेरिसमा उपाधि उचालेको थियो ।

बेल्जियमलाई प्रतियोगिताको अर्को मुख्य दाबेदार मानिएको छ ।

स्टार खेलाडीले भरिएको पोर्चुगलमा ब्रुनो फर्नान्डेज, डिएगो जोटा, जोआओ फिलिक्स, रुविन डायस र बर्नार्डो सिल्भा थिए । जो युरोपका ठुला क्लबका स्टार खेलाडी हुन् । जसमा रोनाल्डो जस्ता खेलाडी समावेश थिए । तर प्रतियोगितामा पोर्चुगल निकै चाँडो घर फर्कियो ।

रोनाल्डोले चार खेलमा पाँच गोल गर्दै आफुलाई चम्काए । उनी प्रतियोगिताका अहिलेपनि सर्वाधिक गोलकर्ताको दौडमा अघि छन् ।

Image

फ्रान्स :

साविक विश्व विजेता फ्रान्स अन्तिम १६ को खेलमा स्विटजरल्याण्डबाट पराजित बन्यो । स्विटजरल्याण्ड टिम ३–१ ले पछि परेको अवस्थाबाट बाहिर निस्कदै अन्तिम ५ मिनेटमा बराबरी गोल गर्दै ऐतिहासिक जित हासिल गर्यो । थपिएको अतिरिक्त समयमा समेत बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट आएको थियो ।

स्विटजरल्याण्डका गोलकिपर यान सोमरले केलियन एम्बाप्पेको पेनाल्टी प्रहार रोकेपछि फ्रान्स प्रतियोगिताबाट बाहिरियो ।

स्विटजरल्याण्डले सन् १९३८ पछि पहिलो पटक नकआउट चरणमा जित हासिल गरेको हो । टिमले सन् १९५४ पछि पहिलो पटक अन्तिम ८ मा स्थान पक्का गरेका हो । शुक्रबार स्विटजरल्याण्डले स्पेनसंग सेन्ट पिटर्सवर्गमा क्वार्टरफाईनलको म्याच खेल्नेछ ।

‘इमान्दारीपूर्वक भन्नुपर्दा म अझै अचम्मित छु ।’ सोमरले भने । उनी स्विस टोलीका सर्वाधिक क्याप जित्ने खेलाडी हुन् । उनले ६५ अन्तराष्ट्रिय क्याप जितेका छन् ।

प्रतियोगिताबाट बाहिरिएसंगै फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप र युरोकप दुवै जित्ने अवसर गुमाएका छन् ।

‘यो मेरो जिम्मेवारी हो । मैले खेलाडीलाई भनेको छु । यसको जिम्मेवारी म लिन्छु ।’ डेसच्याम्पले भने ।

उनले सन् २०१८ मा फ्रान्सबाट प्रशिक्षकको रुपमा विश्वकप जितेका थिए ।

जर्मनी :

जर्मनी सधै ठुला प्रतियोगिताको उपाधि दाबेदार मानिन्छ । जर्मनी चार पटक विश्वकप र तीन पटक युरो कप जितेको छ । यसले गर्दा जर्मनी विश्व फुटबलमा सर्वाधिक सफल देश हो ।

तर जर्मनी यसपटक इंग्ल्यान्डको सिकार बन्यो । जर्मनीलाई २–० ले हराउँदै इंग्ल्यान्डले क्वार्टरफाईनलमा आफ्नो स्थान पक्का गर्यो ।

खेलको ७५ औं मिनेटमा इंग्ल्यान्डले रहिम स्टर्लिङको गोलमा खेलमा अग्रता बनाएको थियो । लुक शको पासमा स्टर्लिङले जर्मनीलाई १–० ले अघि बढाएका थिए ।

खेलको ८१ औं मिनेट थोमस मुलर ‘वान भर्सेस वान’मा गोल गर्न चुके । काई हभार्टजको पासमा मुलरले गोलको अवसर गुमाएका थिए । त्यसको ५ मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरेका थिए । सन् १९६६ को विश्वकपको फाईनलपछि ठुलो प्रतियोगितामा पहिलो पटक इंग्ल्यान्ड टिमले जर्मनीबाट जित हासिल गरेको हो । वेम्बलीमा पराजित बन्दै जर्मनी घर फर्कन बाध्य भएको छ ।

Image

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP