एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भईसकेको छ ।
यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् ।
तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठुला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् ।
हालसम्म युरोकपमा ४४ खेल सकिएको छ । र, कुल १ सय २३ गोल भएको छ ।
यस संस्करण गोल्डेन बुटको दाबेदारको शीर्ष स्थानमा क्रिस्टियानो रोनाल्डो रहेका छन् ।

पोर्चुगिज कप्तान रोनाल्डोले ४ खेलमा ५ गोल गर्दै आफुलाई अवार्डको हकदारको रुपमा अगाढी राखेका छन् ।
तर, रोनाल्डोको टिम पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेको छ ।
रोनाल्डोलाई चेक गणतन्त्रका प्याट्रिक शिकले पछ्याईरहेका छन् । उनले ४ गोल गरेका छन् । उनलाई रोनाल्डोलाई पछि पार्ने मौका रहेको छ ।
यस्तै बेल्जियमका रोमेलु लुकाकु, स्विट्जरल्यान्डका हरिस सेफेरोभिच र इंग्ल्यान्डका रहिम स्ट्रर्लिङ पनि गोल्डेन बुटको दौडमा रहेका छन् । उनीहरुले ३ गोल गरेका छन् ।
फ्रान्सका करिम बेन्जिमा, स्विडेनका इमिल फोर्सवर्गले ४ गोल गरेपनि गोल्डेन बुटको दौडबाट बाहिरिएका छन् ।
गोल्डेन बुटका दाबेदार खेलाडी -
१. क्रिस्टियानो रोनाल्डो - ५
२ .प्याट्रिक शिक - ४
३ . रोमेलु लुकाकु - ३
४. रहिम स्ट्रर्लिङ - ३
५ . हरिस सेफेरोभिच - ३