एजेन्सी । इंग्लिस क्लब क्रिस्टल प्यालेसले फ्रान्सेली प्रशिक्षक प्याट्रिक भिएरालाई मुख्य प्रशिक्षक नियुक्त गर्ने भएको छ ।
क्रिस्टल र प्याट्रिकबीच औपचारिक सम्झौता भने भएको छैन । तर, क्लब र प्याट्रिकबीच सम्झौताका लागि सहमति भईसकेको स्काई स्पोर्ट्सले जनाएको छ ।
४५ वर्षीय प्याट्रिक गत डिसेम्बरमा फ्रेन्च क्लब निसबाट बर्खास्तमा परेका थिए ।
फ्रान्सका पूर्व मिडफिल्डर समेत रहेका प्याट्रिक मुख्य प्रशिक्षक बनेको साढे दुई वर्षपछि बर्खास्तमा परेका थिए ।
फ्रान्सले सन् १९९८ मा विश्वकप जित्दा प्याट्रिक टिममा रहेका थिए ।
उनले क्लब फुटबलमा आर्सनल, म्यानचेस्टर सिटी,इन्टर मिलान र युभेन्ट्स लगायतका क्लबबाट खेलेका थिए ।