काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब सातदोबाटो युथ क्लबले डिफेन्डर पिटर सेगुनलाई अनुबन्धित गरेको छ ।
सातदोबाटोले आगामी 'ए' डिभिजन लिगका लागि डिफेन्डर सेगुनलाई अनुबन्ध गरेको हो ।
'ए' डिभिजन लिग असोज ३ बाट सुरु हुनेछ ।
नाइजेरियन डिफेन्डरले गत सिजनको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबबाट खेलेका थिए ।
त्यसअघि उनले थ्री स्टारबाट समेत खेलेका थिए ।
अब्बल डिफेन्डर सेगुनले फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) ललितपुर सिटीबाट खेलेका थिए ।
सातदोबाटो पहिलो पटक 'ए' लिग खेल्न लागेको हो । सहिद स्मारक 'बी' डिभिजन लिगको उपाधि जित्दै सातदोबाटो शीर्ष लिगमा उक्लिएको हो ।
यो पनि .. सातदोबाटोको ‘ए’ डिभिजन यात्रा
