एजेन्सी । अमेरिकी स्टार सेरेना विलियम्स विम्बल्डन २०२१ बाट बाहिरिएकी छिन् ।
बेलारुसकी अलेकसान्द्रा सासनोविचविरुद्धको खेलमा सेरेनाले चोट बोक्दै प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
विलियम्सले आठौं विम्बल्डन एकल रुपमा जित्ने र मार्गरेट कोर्टको २४ औं ग्रान्डस्लामको कीर्तिमान बराबरी गर्ने अवसर गुमाएकी छिन् । कोर्टबाट बाहिरिएसंगै उनको बायाँ घुँडामा समस्या देखिएको थियो ।
२९ वर्षकी सेरेनाले खेलका लागि कोशिश गरेकी थिईन् । तर उनी मैदानमा लड्न पुगेकी थिईन् । म्याच छोड्नु अघि स्कोर ३–३ रहेको थियो ।
यता, भेनस विलियम्सले आफ्नो करियरको ९० औं ग्रान्डस्लाम प्रतियोगितामा ९० औं जित दर्ता गर्दै विम्वल्डनको अघिल्लो चरणमा प्रवेश गरेकी छिन् ।
५ पटककी च्याम्पियन ४१ वर्षिया भेनसले सन् २०१८ पछि विम्बल्डनको पहिलो खेल जितेकी हुन् । उनले रोमानियाकी मिहाएला बुजार्नेस्कुलाई ७–५, ४–६ र ६–३ को सेटमा हराईन् ।
पूर्व नम्बर एक खेलाडी भिनस यस हप्ता वरियताको १ सय ११ औं स्थानमा थिईन् । पछिल्ला आठ ग्रान्डस्लाममा उनी पहिलो र दोस्रो चरणमै पराजित बनेकी थिईन् ।