एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत राउण्ड अफ १६ को अन्तिम खेलमा अहिले स्विडेन र युक्रेनबीच प्रतिस्पर्धा भईरहेको छ ।
स्कटल्याण्डको ह्याम्पडेन पार्कमा जारी खेलको पहिलो हाफ सकिदा स्विडेन र युक्रेनले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको २७ औं मिनेटमा ओलेक्सान्डर जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए । यार्मोलेन्कोको पासमा जिन्चेन्को गोल गरेका थिए ।
तर, खेलको ४३ औं मिनेटमा इमिल फोर्सवर्गले गोल गर्दै स्विडेनलाई १-१ गोलको बराबरीमा फर्काए । उनले इसाकको पासमा गोल गरे।

आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् ।
स्विडेन समूह 'ई' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्विडेनले ३ खेलमा ७ अंक जोडेको थियो ।
युक्रेन समूह 'सी' बाट नकआउट चरणमा पुगेको हो । समूहको तेस्रो स्थानमा रहेको युक्रेन उत्कृष्ट तेस्रो टिम बन्दै राउण्ड अफ १६ मा पुगेको हो । युक्रेनले ३ खेलमा ३ अंक जोड्यो ।
