सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

मंगलबार, १५ असार २०७८खेलपाटी संवाददाता
जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा
mustang rice ad

एजेन्सी । उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै  इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरे ।

Image

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले लुक शको पासमा गोल गरेका थिए ।

जारी युरोकपमा स्ट्रर्लिङको यो चौंथो खेलमा तेस्रो गोल हो । समूह चरणमा उनले दुई गोल गरेका थिए । 

Image

त्यसपछि खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को जित दिलाए । उनले ज्याक ग्रेलिसको पासमा हेडरमार्फत गोल गरेका हुन् । जारी युरोमा उनको यो पहिलो गोल हो । 

यससँगै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौं टिम बनेको छ । इंग्ल्यान्ड दोस्रो पटक युरोकपको क्वाटरफाइनलमा पुगेको हो ।

Image

यस जितसँगै इंग्ल्यान्डले ५५ वर्षपछि जर्मनीलाई नकआउट चरणमा पराजित गर्न सफल भएको छ । यस अघि इंग्ल्यान्डले जर्मनीलाई १९६६ को विश्वकप फाइनलमा पराजित गरेको थियो ।

जर्मनी भने प्रतियोगिताको राउण्ड अफ १६ बाट बाहिरिएको छ । जर्मनी पहिलो पटक मुख्य प्रतियोगिताको राउण्ड अफ १६ बाट बाहिरिएको हो ।

अब इंग्ल्यान्डले क्वाटरफाइनलमा स्विडेन र युक्रेनबीचको विजेतासँग खेल्नेछ ।

Image

इग्न्ल्यांडले  समूह चरणमा 'डी' को समूह विजेता बन्दै राउण्ड अफ १६ मा स्थान बनाएको हो ।  इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो  ।

जर्मनीले समूह 'एफ' बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो ।

Image

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

Bajaj Pulsar Motorcycle Ad
भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

एमबाप्पे फेरि निर्णायक

एमबाप्पे फेरि निर्णायक

 सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने