एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत अहिले इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा भईरहेको छ ।
लण्डनस्थित वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इंग्ल्यान्ड र जर्मनीले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको हो ।

आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा रहेका छन् ।
इग्न्ल्यांडले समूह 'डी' बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो ।
जर्मनीले समूह 'एफ' बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो ।
