एजेन्सी । नेदरल्यान्ड्सले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक फ्रान्क डी बोएरलाई बर्खास्त गरेको छ ।
नेदरल्यान्ड्सले मंगलबार मुख्य प्रशिक्षक फ्रान्कलाई बर्खास्त गरेको हो ।
युरोकप फुटबलको राउण्ड अफ १६ मा पराजित भएको दुई दिनपछि नेदरल्यान्ड्सले फ्रान्कलाई बर्खास्त गरेको हो ।
हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा नेदरल्यान्ड्स चेक रिपब्लिकसँग २-० गोल अन्तरले पराजित भएको थियो ।
५१ वर्षीय फ्रान्क गत वर्ष नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।