• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सुनिल बल मछिन्द्रमा अनुबन्ध
खेलपाटी संवाददाता
मंगलबार, असार १५, २०७८ खेलपाटी संवाददाता
सुनिल बल मछिन्द्रमा अनुबन्ध

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुनिल बललाई नयाँ सिजनका लागि अनुबन्ध गरेको छ ।

साविक विजेता मछिन्द्रले पुराना खेलाडीलाई नविकरण गर्दै नयाँ खेलाडीमा सुनिललाई अनुबन्ध गरेको हो ।

‘यस बर्ष नयाँ खेलाडीको रुपमा सुनिल बल रहनेछन् । च्याम्पियन टिमका अधिकांश अनुहारले क्लबसंग सम्झौता नविकरण गरेका छन् ।’ क्लबका वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठले खेलपाटीसंग भने ।

सुनिलले गत वर्ष ललितपुरको च्यासल युथ क्लबबाट खेलेका थिए । अब, सुनिलले पहिलो पटक मछिन्द्रको जर्सी लगाउने छन् । च्यासल अघि सुनिलले तीन पटकको लिग च्याम्पियन ललितपुरकै थ्रीस्टार क्लबबाट खेलेका थिए ।

मछिन्द्रले नयाँ सिजन च्याम्पियन बनेका खेलाडीलाई नविकरण गर्ने बताएको छ । पहिलो पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि हात पार्ने योजना सहित मछिन्द्रले पछिल्लो पटक मनाङ मर्स्याङ्दी क्लबका मुख्य खेलाडीलाई क्लबमा अनुबन्ध गरेको थियो ।

सोही अनुसार मछिन्द्रले लगानी अनुसार पहिलो पटक लिग उपाधि हात पार्न सफल भयो ।

‘गत सिजन लिग जितेकै खेलाडीलाई नविकरण गरेका छौं । केही खेलाडीको बाँकी रहेको छ ।’ श्रेष्ठले भने ।

क्लबले गत सिजन मछिन्द्रबाट खेलेका गोलरक्षक विशाल श्रेष्ठ, मिडफिल्डरद्वय सुजल श्रेष्ठ, विशाल राई, डिफेण्डर रन्जित धिमाल, देबेन्द्र तामाङ, स्ट्राइकर रेजिन सुब्बा, अभिषेक रिजालसंग सम्झौता नविकरण गरेको हो ।

मछिन्द्रका नियमित कप्तान तथा राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जनसंग भने सम्झौता हुन सकेको छैन । उनीसंग केही समयमा सम्झौता हुने क्लबले बताएको छ ।

हाल सिनियर र युवा स्टारलाई अनुबन्ध गरेको मछिन्द्रले विदेशी खेलाडी र बाँकी रहेका खेलाडी विस्तारै अनुबन्ध गर्दै लैजाने बताएको छ ।

सुनिलले गत जेठमा सम्पन्न फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा विराटनगर सिटी एफसीबाट खेलेका थिए ।

एन्फाको पुरानै नियम अनुसार एक क्लबले चार विदेशी खेलाडी राख्न पाउनेछन् । जसमा एक दक्षिण एसियाली मुलका खेलाडी हुनुपर्नेछ ।

गत सिजन मछिन्द्रबाट खेलेका मिडफिल्डर एडेलाजा सोमिडे भने पुरानै क्लब मनाङ फर्किएका छन् ।

गत सिजन लिग जित्दा स्ट्राइकर अभिषेक रिजाल माल्दिभ्सको दोस्रो डिभिजन लिग खेल्न पुगेका थिए । उनको स्थानमा मछिन्द्रले अन्तिम खेलमा विमल घर्ति मगरलाई झिकाएको थियो ।

अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले पहिलो पटक लिगको उपाधि हात पारेको थियो । अन्तिम खेलमा मछिन्द्रलाई जितको विकल्प थिएन भने आर्मीलाई बराबर काफि थियो । तर आत्माघाति गोलमा आर्मीलाई सिकार बनाउँदै मछिन्द्रले घरेलु फुटबलको नयाँ च्याम्पियन बनेको थियो ।

कोभिडका कारण गत वर्ष हुन नसकेको ए डिभिजन लिगलाई एन्फाले यस वर्ष निरन्तरता दिने भएको छ । एन्फाले असोज ३ गतेबाट ए डिभिजन लिग सुरु गर्ने निर्णय गरिसकेको छ । सोही अनुसार ए डिभिजन लिगका क्लबहरु लिगको तयारीमा जुटेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
चर्च ब्वाइजको जितमा स्वप्निल र सुशनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा स्वप्निल र सुशनको ह्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
ज्ञान निकेतन र विल्सन फाइनलमा
ज्ञान निकेतन र विल्सन फाइनलमा
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP