एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर फर्नान्डिन्होले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
ब्राजिलियन मिडफिल्डर फर्नान्डिन्होले मंगलबार सिटीसँग क्लबमा थप एक सिजन बस्ने गरि नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौतासँगै उनीसन् २०२२ को जुनसम्म सिटीमा रहने छन् ।
कप्तान समेत रहेका फर्नान्डिन्हो सन् २०१३ मा सिटी आएका थिए ।
३६ वर्षीय फर्नान्डिन्होले सिटीका लागि ३ सय ५० खेल खेलिसकेका छन् ।
सिटीबाट उनले ४ प्रिमियर लिग, ६ लिग कप सहित उनले १२ ट्रफी जितेका छन् ।
