एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा अहिले फ्रान्सले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।
रोमानियाको नेसनल एरिनामा जारी फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ ।
खेलको निर्धारित ९० मिनेटको समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो ।
आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।
साविक उपविजेता समेत रहेको फ्रान्स समूह 'एफ' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा फ्रान्सले ३ खेलमा ५ अंक जोडेको थियो ।
स्विट्जरल्यान्डले समूह 'ए' बाट नकआउट चरणमा स्थान बनाएको हो । समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोडेको थियो ।