एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा अहिले स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
डेनमार्कको पार्केन एरिनामा जारी खेलको पहिलो हाफ सकिदा स्पेन र क्रोएसियाले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलमा क्रोएसियाले २० औं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पेड्रीको ब्याक पासमा बल रोक्ने क्रममा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए ।
युरोपियन च्याम्पियनसिपमा आत्मघाती गोल गर्ने उनी चौंथो गोल किपर हुन् । यस्तै जारी प्रतियोगिताको यो नवौं आत्मघाती गोल हो ।

तर, खेलको ३८ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए ।
आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

स्पेनले समूह 'ई' बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो ।
क्रोएसियाले समूह 'डी' बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।