फर्नान्डोले एकदिवसीय सिरिज गुमाउने
सोमबार, १४ असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । श्रीलंकाका ब्याट्सम्यान अभिश्का फर्नान्डोले इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज गुमाउने भएका छन् ।
चोटको कारण फर्नान्डोले घरेलु टिमविरुद्धको एकदिवसीय सिरिज गुमाउने भएका हुन् ।
फर्नान्डोले टी-ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा चोट बोकेका थिए । उनले तेस्रो तथा अन्तिम खेल खेलेका थिएनन् ।
इंग्ल्यान्डले तीन खेलको टी-ट्वान्टी सिरिज ३-० ले जितेको थियो ।
श्रीलंकाले घरेलु टिमसँग तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ ।
पहिलो एकदिवसीय मंगलबार हुनेछ । त्यस्तै जुलाई १ मा दोस्रो र जुलाई ४ मा अन्तिम खेल हुनेछ ।










-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)

