एजेन्सी । बेल्जियमका कोभिन डी ब्रुएन र इडेन हजार्डले आईतबार राति पोर्चुगलविरुद्धको खेलमा चोट बोकेका छन् । बेल्जियमले पोर्चुगललाई १–० ले हराएको खेलमा खेलाडीले चोट बोकेका हुन् ।
अन्तिम १६ को खेलमा जित निकाल्दै बेल्जियम युरो कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
चोट बोकेपछि ब्रुएनले दोस्रो हाफमा मैदान छाडे । पोर्चुगलका जाआओ पल्हिन्हाबाट खराब ट्याकल ब्यहोरेका ब्रुएनले केही समयमै मैदान छाड्न चाहेका थिए । उनले खुट्टामा चोट बोक्दै विस्तारै मैदानबाट बाहिरिएका थिए ।
ब्रुएनले आफ्ना बायाँ घुँडातर्फ ईशारा गर्दै मैदानमै बसेका थिए । पहिलो हाफमा चोट लागेपनि उनी ठिक जस्तै देखिएका थिए । तर दोस्रो हाफमा दुई मिनेटमै उनले चोट सहन सकेनन् । उनको स्थानमा ड्रायस मार्टेन मैदान छिरेका थिए ।
:focal(1375x398:1377x396)/origin-imgresizer.eurosport.com/2021/06/27/3162461-64804948-2560-1440.jpg)
बेल्जियमलाई चोटले निकै सताएको छ । खेलको दौरान इडेन हजार्डको समेत चोट बल्झिन पुग्यो । ह्यामस्ट्रिङका कारण उनले टचलाईनबाट खेलाडी परिवर्तनको आह्वान गरेका थिए ।
बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले खेलाडीको चोटको गहिराईबारे थाहा पाउन केही समय लाग्ने बताए ।
‘हामीलाई दुवै खेलाडीको अवस्थाबारे आँकलन गर्न ४८ घण्टा लाग्छ । बेल्जियममा गएर दुवै खेलाडीको चोटलाई हेर्नेछौं ।’ उनले भने ।
‘उनीहरुले कसरी गरिरहेका छन् भनेर भन्न निकै हतार हुन्छ । केभिनलाई घुँडामा समस्या छ । उनले दोस्रो हाफमा चल्न सकेनन् । हजार्डको मांशपेशीमा समस्या छ । तर हामी थप परिक्षणको प्रतिक्षा गरिरहेका छौं ।’ उनले थपे ।
युरो कप सुरु हुनु अघि दुवै खेलाडी घाईते थिए । तर प्रतियोगितामा दुवै खेलाडी निको हुँदै मैदान फर्किएका थिए । दुवै खेलाडीको सहयोगमा बेल्जियमले शीर्ष स्थानमा रहदै युरोकपको समूह चरण पार गरेको थियो ।
विश्व नम्बर एक बेल्जियमले क्वार्टरफाईनलमा शुक्रबार ईटालीसंग प्रतिस्पर्धा गर्नेछ ।