एजेन्सी । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बराबरी खेलेको छ ।
सोमबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको हो ।
पेड्रो ओलम्पिक स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो ।
खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । एभर्टनको फ्रिकिकमा उनले हेडमार्फत गोल गरेका थिए ।

तर, खेलको ५३ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए । उनले इनर भ्यालेन्सियाको पासलाई सदुपयोग गरे ।
यस बराबरीसँगै समूह 'बी' को ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा अपराजित ब्राजिलले ४ खेलमा १० अंक जोड्यो ।
इक्वेडरले ४ खेलमा ३ अंक जोड्यो । इक्वेडर पनि चौंथो स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।