एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत नकआउट चरणको तेस्रो खेलमा अहिले नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच प्रतिस्पर्धा भईरहेको छ ।
हंगेरीको पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा नेदरल्यान्ड्स र चेक रिपब्लिकले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
आज दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ । यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछन् । डेनमार्क वेल्सलाई ४-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

नेदरल्यान्ड्सले समूह 'सी' को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो ।
चेक रिपब्लिकले समूह 'डी' बाट नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको हो ।
