काठमाडौं । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबल अन्तर्गत आज (आइतबार) राति समूह चरणको अन्तिम खेलमा इक्वेडरसँग प्रतिस्पर्धा गर्दैछ ।
ओलम्पिक स्टेडियममा हुने ब्राजिल र इक्वेडरबीचको खेल राति २:४५ बजे सुरु हुनेछ ।
इक्वेडरविरुद्ध मैदान उत्रदा ब्राजिल लगातार चौंथो जित निकाल्ने योजनामा हुनेछ ।
अघिल्ला ३ खेलमा जित निकालेको ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
तर, ब्राजिल इक्वेडरलाई हराएर समूह चरणमा शतप्रतिशत जित निकाल्न चाहन्छ ।
समूह 'बी' को ब्राजिलले ३ खेलमा ९ अंक जोडेको छ । ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ । ब्राजिल समूह विजेता बनिसकेको छ ।
इक्वेडर पनि ब्राजिललाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्न चाहन्छ ।
इक्वेडर ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
कोपा अन्तर्गत नै अर्को खेलमा भेनेजुएला र पेरुबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल राति २:४५ बजे सुरु हुनेछ ।
भेनेजुएला २ अंक जोडेर पुछारमा रहेको छ । पेरु ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।