• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेदरल्यान्ड्सविरुद्ध चेक रिपब्लिक : प्लेयर्स टु वाच  
खेलपाटी संवाददाता
आइतबार, असार १३, २०७८ खेलपाटी संवाददाता
नेदरल्यान्ड्सविरुद्ध चेक रिपब्लिक : प्लेयर्स टु वाच  

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत नकआउट चरणको तेस्रो खेलमा आज (आइतबार) राति नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ ।

हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।

यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछन्। डेनमार्क वेल्सलाई ४-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

नेदरल्यान्ड्सले समूह 'सी' को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो  ।

नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २-० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

तर, बलियो चेक रिपब्लिकविरुद्ध नेदरल्यान्ड्स सहज भएर खेल्नेछ ।

'मलाई थाहा छ की चेक रिपब्लिकको टिम कति बलियो छ भन्ने । उनीहरु सजिलो टिम हैन,' नेदरल्यान्ड्सका स्ट्राइकर मेम्फिस डिपे भन्छन्, 'यस खेल कठिन खेल हुनेछ । हामीले खेल जित्ने हो भने हामीले शतप्रतिशत खेल्नुपर्छ । त्यसका लागि हामीसँग योजनाछ ।'

चेक रिपब्लिकले समूह 'डी' बाट नकआउट चरणमा स्थान बनाएको हो  । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको हो  । 

चेक रिपब्लिकले ३  खेलमा ४ अंक जोडेको थियो ।  समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै अन्तिम खेलमा चेक रिपब्लिक इंग्ल्यान्डसँग १-० ले  पराजित भएको थियो  ।

बलियो डच टिमविरुद्ध चेक रिपब्लिकलाई समेत सहज हुने छैन । तर, डच टोलीलाई पराजित गर्न चेक रिपब्लिकले योजना बनाएको छ  ।

'हामीले नेदरल्यान्ड्सको खेलको विश्लेषण गरेका छौँ  । उनीहरुले ३० अवसर सिर्जना गरेका थिए,' चेक रिपब्लिकका मुख्य प्रशिक्षक जारोस्लाभ भन्छन्, 'हामीले कडा परिश्रम गर्नु पर्नेछ  । उनीहरुको आक्रामक खेललाई रोक्नु पर्नेछ  । उनीहरुलाई रोक्न सकेनौं भने सफल हुने छैनौँ  ।'

नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच सन् २०१५ पछि पहिलो पटक खेल्न लागेका हुन् । २०१५ को अक्टोबरमा भएको युरो छनोटमा चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई ३-२ ले हराएको थियो । यस्तै  पछिल्लो ११ खेलमा चेक रिपब्लिकले ५ खेल जितेको छ ।

प्लेयर्स टु वाच -

मेम्फिस डिपे :

नकआउट चरणमा नेदरल्यान्ड्सको मुख्य खेलाडी मेम्फिस डिपे हुनेछन्  । किनकी २७ वर्षीय स्ट्राइकरले समूह चरणमा प्रभावशाली प्रदर्शन गरेका थिए ।

स्पेनिस क्लब बार्सिलोनामा हालै अनुबन्धित डिपेले समूह चरणको ३ खेलमा २ गोल गरिसकेका छन् । त्यसैले उनले चेक रिपब्लिकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने डच टिमले आशा लिएको छ । गोल गर्न र गोलका लागि असिस्ट गर्न माहिर डिपेले चेक टिमको डिफेन्स लाइनलाई व्यस्त बनाउने अनुमान गरिएको छ ।

डिपेले नेदरल्यान्ड्सका लागि ६७ खेलमा २८ गोल गरिसकेका छन् । उनले नेदरल्यान्ड्सको उमेर समूहबाट समेत खेलेका थिए ।

क्लब फुटबलमा डिपेसँग इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड, फ्रेन्च क्लब लियोन  र पीएसभीबाट खेलेको अनुभव रहेको छ ।

प्याट्रिक शिक :

चेक रिपब्लिकका युवा अट्याकर हुन् प्याट्रिक शिक । जर्मन बुण्डेस लिगा क्लब बायर लिभरकुसेनबाट व्यवसायिक फुटबल खेलिरहेका उनी नकआउट चरणमा टिमको मुख्य हतियारको रुपमा रहेका छन्  । समूह चरणको ३ खेलमा उनले ३ गोल गरेका समेत थिए ।

शारीरिक तथा प्राविधिक रुपमा बलिया  प्याट्रिक 'लेफ्ट फुटेट' खेलाडी हुन् । उनी सेन्टर फरवार्ड  र राईट विंगरबाट समेत खेल्न सक्छन् । २५ वर्षीय प्याट्रिकसँग चेक रिपब्लिकको यू-१६, १७, १८, १९ र २१ टोलीबाट खेलेको अनुभव समेत छ ।

राष्ट्रिय टोलीमा उनले २९ खेल खेल्दा १४ गोल गरेका छन् । प्याट्रिकसँग आरबी लाइपजिग, रोमा र साम्पाडोरियाबाट व्यवसायिक खेल खेलको अनुभव समेत रहेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP