आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

विशाल सुनारमाथि मनाङको नजर

आइतबार, १३ असार २०७८नमीन ढकाल
विशाल सुनारमाथि मनाङको नजर
Classic Tech Internet Ad

काठमाडौं । प्रशिक्षक बालगोपाल महर्जनले एन्फा एकेडेमीका गोलरक्षक विशाल सुनारलाई थ्री नेसन्स कपका लागि पहिलो पटक राष्ट्रिय टिमको प्रारम्भिक प्रशिक्षणमा बोलाएका थिए ।

पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणमा आएका युवा गोलरक्षक विशालले चमत्कारी प्रदर्शननै गरे ।

प्रशिक्षक महर्जन समक्ष १९ बर्षीय गोलरक्षक विशालले उम्दा खेल देखाए । विशालले टोलीका अन्य सिनियर गोलरक्षकलाई  पछाडी पारे । राष्ट्रिय टोलीका युवादेखि अनुभवी खेलाडी समेत विशालको उच्च प्रदर्शनबाट प्रभावित बनेका थिए । खेलाडीले विशालको खुलेरै प्रशंसा गरेका थिए ।

त्यसैको परिणाम विशाल फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा सर्वाधिक मूल्यमा बिक्री भए । एनएसएलको अक्सनमा विशाललाई सर्वाधिक २ लाखमा एफसी चितवनले खरिद गरेको थियो ।

May be an image of 10 people, people standing and text

चितवनका प्रशिक्षक थिए, मेघराज केसी । उनलाई विशालको क्षमता थाहा थियो । केसीले विशाललाई राम्रोसँग चिनेका थिए ।

जोर्डनमा भएको एएफसी यू–१९ च्याम्पियनसिप छनोट २०१९ मा नेपालको टिम हेर्ने जिम्मेवारी केसीले पाएका थिए । सोही अनुसार केसीले उज्वल मानन्धरलाई गोलरक्षक प्रशिक्षकमा झिकाएका थिए ।

यसअघि हलचोकस्थित एपीएफ मैदानमा भएको यू–१८ साफ च्याम्पियनसिपमा समेत विशालले नेपालको गोलपोष्ट सम्हालेका थिए । खराब प्रदर्शन गरेको नेपाल समूह चरण पार गर्न सकेन । विशालको प्रदर्शन औषत खालको नि भएन ।

तर उज्वलले विशाललाई एएफसी छनोटका क्रममा माझ्ने काम गरे । लेवल वान कोर्ष गरेका उज्वलले विशाललाई सकेको ज्ञान दिए । राम्रो गोल रक्षकमा हुनुपर्ने कला भर्ने काम गरे ।

विशाललाई नजिकबाट नियालेका र बुझेका प्रशिक्षक केसीले चितवन एफसीमा विशाललाईनै रोजे । उनी अनुभवी खेलाडीमा गएनन् ।

परिणाम स्वरुप विशालले उच्च प्रदर्शन गरे । चितवनमा कुनै कसर बाँकी राखेनन् ।

उनले एनएसएलको पहिलो खेलमै ललितपुरका अन्जन बिष्टको पेनाल्टी रोकेर सबैको ध्यान आफुतिर खिचेका थिए ।

पोखराविरुद्ध ८२ औं मिनेटमा रातो कार्ड खानु अघि ४ खेलमा पुरा ४ सय ४२ मिनेट खेलेका विशालले उच्च प्रदर्शन गरेका थिए । उत्कृष्ट मुभहरुलाई असफल बनाएका थिए । उनी टोलीको ठुलो हारमा संकटमोचक रहे ।

May be an image of 1 person, standing, playing football, grass and text that says 'SURAR Uir XXRIML NEPAL'S FIRST N.' FRANCHISE FOOTBALL LEAGUE khukri NEPAL UPER LEAGUE अब खे BeHub खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com IMELİFE INSURANCE खेलपाटीkhelpati.com खलपाटी khelpati.com खेलपाटी khelpati.com -XXX'

राम्रो गोलकिपरमा हुनुपर्ने बल जजमेन्ट, काउन्टर लङ बल रिलिज, फुट वक, कमान्डिङ जस्ता गुण भएकाले विशाल अहिले चर्चामा छन् ।

एनएसएल हुँदै राष्ट्रिय टिममा स्थान बनाएका उनै विशालमाथि घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी क्लबले नजर लगाएको छ । सर्वाधिक ८ पटक 'ए' डिभिजन लिग जितेको मनाङले आफ्नो पोष्टको जिम्वेवारी विशाल सुनारलाई दिन चाहेको छ ।

जसका लागि मनाङको नयाँ कार्यसमिति, पूर्व क्लब ब्रिगेड ब्वाईज (बीबीसी) र विशाल स्वयम समेत सकारात्मक छन् ।

पछिल्लो समय युवा परियोजना सहित सिनियर टोलीमा समेत युवा खेलाडीको बाहुल्यता दिने निर्णय गरेको मनाङले विशाललाई अनुबन्धन गर्ने पक्का जस्तै छ ।

‘अनुबन्धनको तयारीमा छौं । विशालसँग सकारात्मक छौं । पोखरामा आहारारा गोल्डकप पनि मनाङबाट खेलेको हो । हामी अन्तिम तयारीमा छौं ।’ मनाङका अध्यक्ष मुखिया गुरुङले खेलपाटीसँग भने ।

यसअघि दशक समय क्लबमा बिताएका खेलाडी मछिन्द्र लागेपछि मनाङ युवा खेलाडीलाई समावेश गर्दै नयाँ सिजनका लागि बलियो टिम बनाउन चाहेको छ । खेलाडी अनुबन्धमा दिल खोलेर खर्च गर्ने परिचय बनाएको मनाङले कप्तानको जिम्मेवारी अन्जन विष्टलाई दिने तयारी गरेको छ ।

मनाङले नयाँ टिममा राष्ट्रिय टोलीका युवा खेलाडीलाई अनुबन्ध गर्न चाहन्छ । साग विजेता टोलीबाट केहि खेलाडी तान्ने मनसाय क्लबको देखिन्छ । मनाङसँग विदेशी खेलाडीको रुपमा आफिज ओलावाले  रहने पक्का जस्तै छ ।

May be an image of 4 people, people standing and outdoors

अब, विशालले एमएमसी जाने भएसँगै बीबीसीबाट रिलिज पेपर लिनुपर्ने हुन्छ । रिजिल पेपर दिन बीबीसी समेत तयार छ । बीबीसीका व्यवस्थापक अर्विन गुरुङ आवश्यता अनुसार विशाललाई रिलिज पेपर दिने बताउँछन् ।

विशाल समेत मनाङबाट खेल्न तयार छन् । एक समय मनाङबाट खेल्ने विशालको सपना थियो । उनी अहिले सपनाको नजिक पुगेका छन् ।

‘नेपालको एक चर्चित क्लबका आवद्ध हुन पाउनु खुसीको कुरा हो । मोफसलमा क्लबबाट खेलिसकेको छु । क्लबसँग लामो समय अनुबन्ध हुँदा निकै उत्साहित छु ।’ हाल गृहजिल्ला रुपन्देही रहेका विशालले भने ।

यसअघि विशालले उमेर समूहमा नेपालको यू–१६, यू–१८ र यू–१९ टोलीबाट खेलिसकेका छन् । एन्फा एकेडेमी छाडेसँगै विशालले थ्री स्टार र आर्मीबाट क्रमश ललित स्मृति कप च्याम्पियनसिप खेलेका थिए । विशालको ए डिभिजन यात्रा भने ब्रिगेड ब्वाईजबाट सुरु भएको थियो ।

May be an image of 2 people, people standing, people playing sports, grass and text that says 'JAWATER IME 16 Khukri Khuk खेलपाटी khelpati.com खेलपाटी khelpati om पाटीkhelpati.com Û R खेलपाटी Û khelpati.com khelpati.com खेलपाटी khelpati.com खेलपाटी 9'

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

फर्किए सलाह

फर्किए सलाह

Bajaj Pulsar Motorcycle Ad
सन्दीपले बीपीएल खेल्ने

सन्दीपले बीपीएल खेल्ने

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक