एजेन्सी । इंग्लिस क्लब एभर्टनले राफायल बेनिटेजलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने भएको छ ।
एभर्टनले केहि दिनमा बेनिटेजलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने स्काई स्पोर्ट्स जनाएको छ ।
एभर्टनले औपचारिक रुपमा केहि बताएको छैन । तर, लिभरपुलका पूर्व प्रशिक्षक बेनिटेजले क्लबसँग सहमति गरिसकेको स्काई स्पोर्ट्सले जनाएको छ ।
कार्लो एन्सेलोटीले क्लब छाडेपछि एभर्टन मुख्य प्रशिक्षक विहीन रहेको छ । एन्सोलोटी एभर्टन छाडेर स्पेनिस क्लब रियल मड्रिडको मुख्य प्रशिक्षक नियुक्त भईसकेका छन् ।
स्पेनिस प्रशिक्षक बेनिटेजले यसै वर्ष चाईनिज सुपर लिग क्लब डालियान प्रोफेशनल एफसी छाडेका थिए । डालियानको मुख्य प्रशिक्षक बनेको १८ महिनापछि प्रशिक्षक बेनिटेजले क्लब छाडेका हुन् ।
६१ वर्षीय बेनिटेजले न्युकासल युनाईटेड छाड्दै चिनियाँ क्लब गएका थिए ।
बेनिटेजसँग रियल मड्रिड,लिभरपुल, चेल्सी, इन्टर मिलान, नापोली, भ्यालेन्सिया जस्ता क्लब हेरेको अनुभव रहेको छ ।