वेस्ट इन्डिजको टिममा रसेलको पुनरागमन
शनिबार, असार १२, २०७८खेलपाटी संवाददाता

एजेन्सी । वेस्ट इन्डिजले दक्षिण अफ्रीकाविरुद्धको सुरुवाती दुई टी-ट्वान्टी खेलका लागि टिमको घोषणा गरेको छ ।
वेस्ट इन्डिजले १३ सदस्सीय टिमको घोषणा गरेको हो । टिमको कप्तानी केइरन पोलार्डले गर्ने छन् ।
वेस्ट इन्डिजले घोषणा गरेको टिममा आन्द्रे रसेलले पुनरागमन गरेका छन् ।
अलराउण्डर रसेल गत वर्षको मार्चमा श्रीलंकाविरुद्धको सिरिजपछि टिममा थिएनन् ।
दुई पटकको विश्वकप विजेता टिमका सदस्य रसेलले ४९ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।
वेस्ट इन्डिज र दक्षिण अफ्रीकाबीच पाँच खेलको सिरिज हुनेछ । तर, वेस्ट इन्डिजले सुरुवाती दुई खेलका लागि टिमको घोषणा गरेको हो ।
दुई टिमबीचको पहिलो टी-ट्वान्टी आज राति हुनेछ ।











-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

