शनिबार, कार्तिक ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

कीर्तिमानतर्फ अग्रसर इटालीलाई अष्ट्रियाको चुनौती

शनिबार, असार १२, २०७८खेलपाटी संवाददाता
कीर्तिमानतर्फ अग्रसर इटालीलाई अष्ट्रियाको चुनौती
Classic Tech Internet Ad

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो खेलमा आज (शनिबार) राति इटालीले अष्ट्रियासँग प्रतिस्पर्धा गर्दैछ ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र अष्ट्रियाबीचको खेल राति  १२:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

इटाली समूह 'ए' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा इटालीले ३ खेलमा ९ अंक जोडेको थियो ।

अष्ट्रियातर्फ मैदान उत्रदा इटाली कीर्तिमानतर्फ अग्रसर हुनेछ ।  इटाली पछिल्लो ३० खेलमा अपराजित रहेको छ । अष्ट्रियाविरुद्ध जित निकालेमा इटालीले ३१ खेलमा अपराजित रहदै कीर्तिमान बनाउने छ । 

सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि इटालीले हार व्यहोरेको छैन । यस अवधिमा इटालीले २५ जित र ५ बराबरीको नतिजा निकालेको छ ।

इटाली ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गर्ने बाटोमा रहेको हो । यस अघि इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । त्यससमय इटालीको मुख्य प्रशिक्षक भिट्टोरियो पोज्जो रहेका थिए । तर, रोबर्टो मान्सिनीलाई यस पटक कीर्तिमान भङ्ग गर्ने अवसर रहेको छ ।

इटाली समूह चरणमा अपराजित टिम हो । इटालीले समूह चरणमा गोल खाएको छैन ।  शतप्रतिशत जित निकाल्ने क्रममा इटालीले पहिलो खेलमा टर्कीलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले नै हराएको थियो । अन्तिम खेलमा इटालीले वेल्सलाई १-० ले हराएको  थियो ।

तर, अष्ट्रियाविरुद्ध इटाली केहि शतर्क भएर खेल्नेछ । मान्सिनीले त्यहि अनुसारको रणनीति तयार गर्नेछन् ।

'अष्ट्रिया आक्रामक छन् । उनीहरुसँग सबै गुणहरु छ । त्यसैले हामीले राम्रो खेल खेल्नु पर्नेछ,' मान्सिनी भन्छन्, 'हामीले गल्ति गर्नु हुन्न ।'

अष्ट्रिया पनि इतिहास कोर्ने योजनामा हुनेछ । त्यसैले इटालीमाथि अष्ट्रेलियाले कडा टक्कर दिने अनुमान गरिएको छ ।

'टिमले सानदार प्रदर्शन गरेको छ । हामी अन्तिम १६ मा छौँ र हामी क्वाटरफाइनलका  लागि सकेजति सबै गर्न चाहन्छौं,' अष्ट्रियाका प्रशिक्षक फान्सको फोडा भन्छन्, 'हामी इटालीविरुद्ध पूर्ण आत्मविश्वासमा छौँ र केन्द्रित छौँ ।'

पहिलो पटक नकआउट चरणमा पुगेको अष्ट्रिया समूह 'सी' को उपविजेता बनेको थियो । समूह चरणमा अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो ।

पहिलो पटक नकआउट चरणमा पुग्ने क्रममा अष्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको थियो । तर, दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २-० ले पराजित भएको थियो । अन्तिम खेलमा युक्रेनलाई १-० ले हराउँदै अष्ट्रिया नकआउट चरणमा पुगेको हो ।

इटाली र अष्ट्रियाबीच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ ।  इटालीले अष्ट्रियासँग हार्नु परेको छैन । इटालीले अष्ट्रियाविरुद्ध १० खेल जित्दा ३ खेल बराबरी खेलेको छ ।

No description available.

प्लेयर्स टु वाच -

म्यानुएल लोकाटेली : 

इटालीका युवा खेलाडी म्यानुएल लोकाटेलीले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । अघिल्ला २ खेलमा प्रभावशाली प्रदर्शन गरेका उनी अष्ट्रियाविरुद्ध समेत सबैको नजरमा पर्नेछन् ।

दुई खेलमा उनले दुई गोल समेत गरेका छन् । पहिलो खेलमा टर्कीविरुद्ध ७४ मिनेट खेलेका लोकाटेलीले दोस्रो खेलमा भने पूरा समय खेल्दै महत्वपूर्ण दुई गोल गरे ।

इटालीले वेल्सविरुद्धको खेलमा भने उनलाई विश्राम दिएको थियो । तर, अष्ट्रियाविरुद्ध उनी टिमका महत्वपूर्ण खेलाडी हुने छन् ।

२३ वर्षीय लोकाटेली घरेलु लिग सिरी 'ए' क्लब सासोउलोबाट खेल्ने गर्छन् । लोकाटेलीसँग इटालीको उमेर समूहको यू–१५, १६, १७, १९, २१ टोलीबाट खेलेको अनुभव छ । सिनियर टोलीबाट भने लोकाटेलीले १२ खेल खेल्दै ३ गोल गरेका छन् ।

डेभिड अल्बा :

बलियो इटालीविरुद्ध मैदान उत्रदा अष्ट्रियाले विपक्षीको अट्याक रोक्दै काउन्टरमा अट्याक गर्ने योजना बनाएको छ । त्यसका लागि अष्ट्रियाका मुख्य खम्बाका रुपमा डिफेन्डर डेभिड अल्बा रहने छन् ।

स्पेनिस क्लब रियल मड्रिडमा आबद्द अल्बा इटालीविरुद्ध मुख्य खेलाडीको रुपमा हुने छन् । उनी फरवार्डका लागि पास उपलब्ध गराउन माहिर छन् । टिमको कप्तान समेत रहेका २८ वर्षीय अल्बा  विंगरको भूमिकामा समेत खेल्न सक्छन् ।

अल्बासँग अष्ट्रियाको उमेर समूहको यू–१७, १९, २१ बाट खेलेको अनुभव छ ।  अल्बाले सिनियर टोलीबाट ८४ खेल खेल्दा १४ गोल गरेका छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियलको जर्सीमा खेल्न आतुर ‘वन्डर किड’

रियलको जर्सीमा खेल्न आतुर ‘वन्डर किड’

यमल भन्छन्- रियलको मैदानमा खेल्न बार्सिलोनालाई गाह्रो हुँदैन

यमल भन्छन्- रियलको मैदानमा खेल्न बार्सिलोनालाई गाह्रो हुँदैन

भारत नआउने भए मेसी

भारत नआउने भए मेसी

Bajaj Pulsar Motorcycle Ad
भारतको सानदार जित, कोहली बने एकदिवसीय क्रिकेटका दोस्रो सर्वाधिक रनकर्ता

भारतको सानदार जित, कोहली बने एकदिवसीय क्रिकेटका दोस्रो सर्वाधिक रनकर्ता

रियलको जर्सीमा खेल्न आतुर ‘वन्डर किड’

रियलको जर्सीमा खेल्न आतुर ‘वन्डर किड’

यमल भन्छन्- रियलको मैदानमा खेल्न बार्सिलोनालाई गाह्रो हुँदैन

यमल भन्छन्- रियलको मैदानमा खेल्न बार्सिलोनालाई गाह्रो हुँदैन

भारत नआउने भए मेसी

भारत नआउने भए मेसी

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

इरानसँग सहजै हार्‍यो नेपाल

इरानसँग सहजै हार्‍यो नेपाल

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो