• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ऐतिहासिक उपलब्धिका लागि महिला टिम तयार - फिलिप्स
खेलपाटी संवाददाता
शुक्रबार, असार ११, २०७८ खेलपाटी संवाददाता
ऐतिहासिक उपलब्धिका लागि महिला टिम तयार - फिलिप्स

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कप २०२२ को छनोटमा ऐतिहासिक उपलब्धि हासिल गर्न टिम तयार रहेको बताएका छन् ।

एएफसी महिला एसियन कप छनोटको समूह विभाजन सार्वजनिक भएपछि प्रशिक्षक फिलिप्सले छनोटमा ऐतिहासिक उपलब्धिका लागि नेपाली टिम तयार भएको बताएका हुन् ।

एएफसीले बिहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल समूह 'एफ' मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।

यस समूहको छनोट खेल नेपालमा हुनेछ । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भदौ देखि ९ असोज) लाई तोकेको छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको एक भिडियोमा प्रशिक्षक फिलिप्सले बलियो टिमलाई हराएर अघि बढ्ने अवसर रहेको समेत बताएका छन् ।

'नेपाली राष्ट्रिय महिला फुटबल टिमको एएफसी वुमन्स एसियन कप छनोटको 'ड्र' बाट उत्साहित छु । हामी दुई राष्ट्रलाई होस्ट गर्न पाउँदा उत्साहित छौँ । फिफा वरीयतामा फिलिपिन्स र हङकङ माथि छ यद्दपी हामी त्यस खेलका लागि निर्धक्क छौँ,' फिलिप्सले भनेका छन्, 'फिलिपिन्स र हङकङलाई जित्ने ठुलो अवसर छ । यस समूहमा जित निकाल्दै एसियन कपमा छनोट भयौं भने नेपाली फुटबलका लागि ऐतिहासिक हुनेछ । यस अवसर प्राप्त गर्नका लागि महिला खेलाडी उत्साहित छन्।'

फिफाको पछिल्लो वरीयतामा नेपाल १०० औं स्थानमा रहेको छ । फिलिपिन्स ६८ औं स्थान र हङकङ ७६ औं स्थानमा रहेको छ ।

प्रशिक्षक फिलिप्सले नेपाली पुरुष टिमले विश्वकप र एसियन छनोटमा ठुला राष्ट्रविरुद्ध गरेको प्रदर्शनबाट टिम प्रेरित भएको र घरेलु मैदानमा त्यहिँ अनुसार प्रदर्शन गर्ने समेत बताए ।

'हामी पुरुषको एसियन छनोटको प्रदर्शनबाट प्रेरित छौँ ।  म त्यसका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह, कोचिङ स्टाफ, म्यानेजमेन्ट र खेलाडीलाई धन्यवाद दिन चाहन्छु । हामी यसैबाट प्रेरित भएर अर्को स्तरमा जाने छौँ,' उनले भने ।

प्रशिक्षक फिलिप्सले टिमको बन्द प्रशिक्षण चाडै सुरु हुने आशा समेत व्यक्त गरेका छन् ।

'हामी घरमा खेल्दै छौँ समर्थकको अगाडी खेल्नु यो हाम्रो लागि ठुलो अवसर हो । टिमको क्याम चाडै सुरु हुनेमा आशावादी छौँ,' उनले भनेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत फागुनमा फिलिप्सलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपसम्मको लागि एन्फाले फिलिप्सलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यस अघि अष्ट्रेलियन प्रशिक्षक फिलिप्स प्राविधिक निर्देशनको रुपमा काम गरिरहेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP