एजेन्सी । च्याम्पियनसिप क्लब वेस्ट ब्रुमले मुख्य प्रशिक्षकमा भालेरियन इस्माइललाई नियुक्त गरेको छ ।
वेस्ट ब्रुमले बिहीबार फ्रेन्च प्रशिक्षक इस्माइललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
४५ वर्षीय प्रशिक्षकले वेस्ट ब्रुमसँग चार वर्षको सम्झौता गरेका छन् ।
प्रशिक्षक इस्माइल यसै साता इंग्ल्यान्ड आईपुग्ने क्लबले जनाएको छ ।
गत सिजन प्रिमियर लिगबाट रेलिगेसनमा परेको वेस्ट ब्रुमले यस सिजन च्याम्पियनसिप खेल्नेछ ।
गत सिजन उनले च्याम्पियनसिप टिम बर्नस्ली एफसीको टिम हेरेका थिए ।